रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः हेटौंडाको बुद्धचोकमा सोमबार रक्तदान कार्र्यक्रम भएको छ । कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा ३ जना महिला र २५ जना पुरुष रहेका हेटौंडा रक्तसञ्चार केन्द्रका प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र हातेमालो सहकारी संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । गठतन्त्र दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको पनि उपस्थिति रहेको थियो । मुख्यमन्त्री कार्यालयले सोमबारदेखि गणतन्त्र दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको छ । यस्तै मंगलबार गणतन्त्र दिवसको अवसरमा बागमती गाउँपालिका, फापरबारीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।