उपाधि साथ एफसी हात्तीसुँडे ।

हेटौंडाः बकैया रिभर साइड युथ क्लबको आयोजनामा बकैया गाउँपालिकामा संचालन भएको खुल्ला ७ ए साइड गोल्डकप फुटबल प्रतियोगिताको उपाधी एफसी हात्तीसुँडेले जितेको छ । शनिबार भएको फाइनल खेलमा बकैया–७ स्थित एफसी कान्द्राङलाई २–१ गोलले हराउँदै हात्तीसुँडेले उपाधी जितेको प्रतियोगिताका संयोजक जीवन सञ्जेलले जानकारी दिनुभयो ।

विजेता हात्तीसुँडेले २५ हजार रुपैयाँसहित शिल्ड मेडल तथा प्रमाण प्राप्त गरेको छ भने उपविजेता कान्द्राङले १५ हजार रुपैयाँमा चित्त बुझाएको छ । क्लबका अध्यक्ष सुरेश स्याङ्तानको सभाध्यक्ष तथा बकैया–४ का वडाध्यक्ष राजन दंगालको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापन कार्यक्रममा बकैया खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङ लगायतको उपस्थिति रहेको थियो ।