रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः रसाइली समाज नेपाल मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् । रसाइली समाज नेपालको पाँचौं स्थापना दिवसको अवसर पारेर हेटौँडा–१ स्थित रेडक्रस भवनमै रक्तदान कार्यक्रम गरिएको हो ।

समाजका सल्लाकार गणेश रसाइलीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।