हेटौंडाः बुधबार हेटौंडाको दुई स्थानमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । मकवानपुर सहकारी अस्पतालको आयोजनामा भएको कार्यक्रममा १४ जनाले रक्तदान गरेका थिए । १३ औं वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रममा २ जना महिला र १२ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।
यस्तै, प्रज्ञा महाविहारले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए । बुद्ध जयन्तीको अवसरमा भएको कार्यक्रममा ५ जना महिला र २२ जना पुरुषले रक्तदान गरेका थिए । प्रज्ञा महाविहारले २०५५ सालदेखि बुद्ध जयन्तीको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । दुबै रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । यस्तै, शुक्रबार पनि रक्तदान कार्यक्रम रहेको छ । हातेमालो सहकारीको आयोजनामा शुक्रबार बुद्धचोकमा रक्तदान कार्यक्रम हुनेछ ।