सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको ५ जिल्लामा विभिन्न घटनामा एकैदिन ६ जनाको मृत्यु भएको छ । प्रदेशको सिन्धुपाल्चोक, रामेछाप, चितवन, धादिङ र सिन्धुली जिल्लामा ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको हो ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१०, बगुवामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया बुद्धिमाया तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ९ बजेको समयमा तामाङलाई पेट दुखेर अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । तामाङलाई एनएमसी अस्पताल जोरपाटी, काठमाडौंमा पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६, ओख्रेनीमा भिरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ८५ वर्षीय गोकुल घिसिङ रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार साँझ ६ बजेर ३५ मिनेटको समयमा घिसिङ भालुखोप बजारबाट आफ्नो घरतर्फ फर्कने क्रममा झगरेलेख पाखाबाट ५० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै, रामेछाप जिल्लाकै लिखु तामाकोशी गाउँपालिका–१, दुरागाउँमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय पाण्डव पुट्टे सार्की रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ८ बजेर ४५ मिनेटको समयमा सार्की आफ्नै घरको कोठामा स्पिकर जोड्ने क्रममा करेन्ट सर्ट भई घाइते भएका थिए । घाइते सार्कीलाई उपचारका लागि दुरागाउँ हेल्थपोष्ट रामेछाप लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हेल्थपोष्टका चिकित्सकले घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यता, चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, कमलनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ३८ वर्षीय बिक्रम गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो १ बजेर ३० मिनेटको समयमा बिजुली बनाउने क्रमममा गुरुङलाई एक्कासी करेन्ट लागि गम्भिर घाइते भएका थिए । घाइते गुरुङलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा दिउँसो ४ बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२, चुलेसीपुरमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार बिहान ६ बजेको समयमा तामाङ खोलाको भिरमा रहेको चिउरीको रुखमा चढी घाँस काट्दै गरेको अवस्थामा रुखबाट लडी खोलामा खस्दा गम्भिर घाइते भएका थिए । तामाङलाई उपचारका लागि स्थानीय महादेवस्थान स्वास्थ्य चौकी ताल्तीमा लगिएकोमा उपचारको क्रममा बिहान ११ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिका–४, बन्दीपुरमा एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७९ वर्षीय दमै सिंह स्याङ्बा रहेको प्रहरीले जानकारी दिएको छ । स्याङ्बा बुधबार वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता लिन गएकोमा एक्कासी चौरमा लड्दा घटनास्थलमा नै मृत्यु भएको थियो । मुचुल्कापश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको प्रहरीले जानकारी दिएको छ ।