हेटौंडाः आज हेटौंडा उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालय बन्द हुनेभएको छ । महेन्द्र किरण माध्यामिक विद्यालय हेटौंडा ३ बसामाडीमा कार्यरत कार्यालय सहयोगी माइती थोकरको हिजो सोमबार निधन भएका कारण आज एक दिन उपमहानगरका विद्यालयमा पठनपाठन नहुने भएको हो ।

नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगरपालिका नगर कार्यसमितिले सोमबार एक विज्ञप्ति जारि गर्दै थोकरको शैक्षिक तथा सामाजिक क्षेत्रमा भएको योगदानको सम्झनामा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज मंगलबार सबै विद्यालयका सम्पूर्ण शैक्षिक कार्यक्रमहरु बन्द गर्न अनुरोध गरिएको छ । साथै थोकर कार्यरत महेन्द्र किरण माध्यामिक विद्यालय हेटौंडा ३ बसामाडीमा बिहान ११ः३० बजे श्रद्धाञ्जली सभा राखिएको नगर अध्यक्ष दीपक अधिकारी र सचिब अमित बन्जाराद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ । क्यान्सर रोगबाट पीडित थोकरको हिजो सोमबार निधन भएको थियो ।