आँखाको नानी संकलन गर्दै स्वास्थ्यकर्मी । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा–४ का नरेन्द्र श्रेष्ठको आँखाको नानी संकलन गरिएको छ । श्रेष्ठको परिवारको आँखा दान गर्ने इच्छाअनुसार नानी संकलन गरिएको हो । श्रेष्ठ कराँतेका प्रशिक्षक थिए ।

४७ बर्षीय श्रेष्ठको आँखाको नानी हेटौँडा सामुदायिक आँखा अस्पतालका प्राविधिकले संकलन गरेको हो । सोमबार काठमाडौंको वीर अस्पतालमा उपचारको क्रममा प्रशिक्षक श्रेष्ठको निधन भएको हो । श्रेष्ठका दाइ राजेन्द्र श्रेष्ठसँग समन्वय गरी परिवारको सहमतिमा आँखाको नानी संकलन गरिएको हेटौँडा सामुदायिक आँखा अस्पतालले जनाएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालले हालसम्म २४ जनाको आँखाको नानी संकलन गरिसकेको छ । आँखाको नानी आवश्यक भएको व्यक्ति, नानीमा समस्या भएर दृष्टिबिहीन भएका व्यक्तिलाई संकलित नानी राख्ने गरिएको छ ।