कुनाल बानियाँ कक्षा–८, श्री अमर माध्यमिक विद्यालय, हेटौंडा–१

सम्माननीय प्रधानमन्त्री ज्यू,
प्रधानमन्त्रीको कार्यालय मितिः २०८१/०१/१४
सिंहदरबार, काठमाडौं

हामीहरु यहाँ सन्चै छौं । हजुर पनि त्यहाँ राम्रोसँग हाम्रो प्यारो देश चलाउनु भएको होला भन्ने आशा राख्छु । हामी आज हामीले चाहेको शिक्षाको बारेमा केही कुरा राख्न चाहेका छौं । आजकल शिक्षा आवश्यकता धेरै छ । शिक्षा बिना यो पृथ्वीमा बाँच्न असम्भव भइसकेको छ । त्यो नै शिक्षाको बारेमा र हामीलाई चाहिने असल शिक्षाको बारेमा कुनै दुई चार कुरा राख्न थालेका छौं ।

आजकल शिक्षा बिना कुनै काम गर्न सकिँदैन । शिक्षा बिना यो पृथ्वीमा हामीलाई सबैले मूर्ख बनाउन सक्छ । मलाई त यो पनि लाग्छ कि जीवन बिताउन शिक्षा नै चाहिन्छ । आजकल राम्रो पढाई हुनुको साथसाथै राम्रो परियोजना कार्य पनि सिकाउनुपर्छ । प्राविधिक शिक्षा हामीलाई पनि चाहिन्छ । कम्प्युटर आजको जीवनमा ठूलो यन्त्र हो यसको जानकारी राख्न पाउनु हामी सबैको हक हो । प्राविधिक शिक्षा पाउनु त हामी सबैका लागि राम्रो कुरा हो । यो शिक्षाले हाम्रो देश विकास गर्न ठूलो सहयोग गर्छ । यसले असल जीवन बिताउन र आजको यो कम्प्युटरको जीवनलाई पनि सहयोग गर्छ । साथै कम्प्युटरको यो जीवनमा कम्प्युटरको शिक्षाको साथै पेशा सिकाउनु पनि एउटा ठूलो कुरा हो । यस्ता कुरा सिकाउँदा हाम्रो देशका लागि पनि राम्रो कुरा हुन्छ ।

दुई दिन व्यापार गर्ने दुई दिन खेतिपाती गर्ने सीप सिकाउँदा यो कृषिप्रधान देशका लागि पनि सहयोग हुन्छ । यस्तो भनाईले गर्दा हामीलाई सबै कुराको ज्ञान पनि हुन्छ । यस्तो शिक्षा हामीलाई निःशुल्क पनि पाउनु प¥यो । यसले गरीब बालबालिकालाई पनि सहयोग हुन्छ । किनभने सबै बालबालिकालाई असल शिक्षा दिनु हजुरको हातमा छ । प्राविधिक शिक्षाले हाम्रो देशको पढाई पनि राम्रो हुन्छ र हाम्रो देशको गुणस्तर पनि राम्रो हुँदै जान्छ । यो देश पढाईमा राम्रो हुनुको साथै असल सीपमूलक देश पनि हुन्छ । हाम्रो देशको सबै प्रकारको बालबालिकाले यस्तोे राम्रो शिक्षा पाउनु राम्रो कुरा पनि हो । यस्तो सीप पनि सिकाउनु पर्छ ।

बालबालिकाको जीवन सुधार यस्तै शिक्षाले नै गर्छ । सीप सिकाउनु भनेको बालबालिकालाई अगाडि बढाउनु हो । भविष्यमा असल व्यक्ति बन्न सिकाउनु हो । राम्रो र ठूलो असल शिक्षा दिन ठूलो–ठूलो संस्थाहरु खोल्नुपर्छ । यस्तो संस्थालाई राम्रो–राम्रो कुराको ज्ञान आउनु पर्छ साथै सबै किसिमका परियोजना कार्यहरु पनि सिकाउनुपर्छ । ठूलो–ठूलो किताबको पसल हुनुपर्छ । जसमा बालबालिकालाई सबै प्रकारको किताब हुनुपर्छ । आजकल शिक्षाको महत्व धेरै हुँदैछ । यतिले मात्र होइन सबै बालबालिकालाई शिक्षा दिने ठूलो विद्यालय खोल्नुपर्छ । सबै बालबालिकालाई उच्च शिक्षा दिनुपर्छ । सानोदेखि बालबालिकाले जुन सपना देख्छ उसलाई त्यही कुरामा अगाडि बढाउनुपर्दछ । उसको हौसला बढाउने, उसको जीवन असल बाटोमा लानु पर्छ ।

साथै अरुलाई पनि पढ्नु पर्छ भनेर उसको हौसला बढाउनुपर्छ । यस्तो गर्न एउटा विद्यालयमा पनि राम्रो शिक्षकको व्यवस्थापन गर्नुपर्छ । उनीहरुको सपनालाई खेर जान नदिने गर्नुपर्छ । बालबालिकाले आफ्नो सपना पूरा गर्न सानो उमेरदेखि नै लागी पर्नु पर्दछ । आजकल कति बालबालिकाहरुले पढ्न पाएका छैनन् । त्यसैले उनीहरुलाई पढाईको व्यवस्थापन गर्नुपर्छ । कुनै देशमा नराम्रो पढाई भएकोले बालबालिका पढ्न अरु देशमा जान्छन् । उनलाई एउटा देशमा बसेर असल शिक्षा दिनुपर्छ । हामीलाई चाहेको यस्तो शिक्षाले सबै बालबालिकाको जीवनमा पनि सुधार हुन्छ । यति भनेर म आफ्नो कलम यहि टुङ्ग्याउँछु ।

(“शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२४” अन्तर्गत २०८१ बैशाख १४ गते हेटौँडामा शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरले आयोजना गरेको “मैले चाहेको शिक्षा” शीर्षकमा विद्यार्थीले प्रधानमन्त्रीलाई लेखेको चिठ्ठी ।)