हेटौंडाः बागमती प्रदेशसभाअन्तर्गतको शिक्षा, स्वाथ्य तथा कृषि समितिको बैठक बस्ने भएको छ । बिहीबार दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बैठक बस्ने समितिकी सचिव हिमा न्यौपानले जानकारी दिनुभयो ।
मंगलबार एक सूचना जारी गर्नुहुँदै समितिकी सचिव न्यौपाने समितिका सबै सदस्यहरुलाई बैठकमा उपस्थित हुन आग्रह गर्नुभएको छ । बैठकमा विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० मा समितिको प्रतिवेदनमाथि छलफल हुने सूचनामा उल्लेख छ ।
यस्तै, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समितिको प्रतिवेदनमाथि छलफल हुने जनाएको छ । प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि पनि छलफल हुने सूचनामा उल्लेख छ ।