हेटौंडाः हेटौंडा अस्पतालमा चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि चैत महिनासम्म १ सय ९५जना किशोरी आमा बनेका छन् । पछिल्लो ९ महिनाको अवधिमा सबैभन्दा बढि असोज महिनामा ३३ जना किशोरी आमा बनेको हेटौंडा अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभयो ।
आर्थिक वर्षको साउन महिनामा २७ जना किशोरीहरु आमा बनेका थिए । यस्तै, भदौ महिनामा २५ जना, असोज महिनामा ३३ जना र कार्तिक महिनामा २२ जना किशोरी आमा बनेको झाले जानकारी दिनुभयो । हेटौंडा अस्पतालबाट प्रसुति गराउनमध्ये मंसिर महिनामा २३ र पुसमा १२ जना किशोरीले शिशु जन्माएका हुन् । यस्तै, माघमा १६, फागुनमा १७ र चैतमा २० जना किशोरी आमा बनेका छन् ।
साउन महिनामा अस्पतालमा २ सय ५३ जनाले सामान्य अवस्थामा बच्चा जन्माएका थिए । ७ जना गर्भवतीको जटिल अवस्थामा प्रसुति गराइएको र १ सय ३१ जनाको शल्यक्रिया गरिएको थियो । भदौ महिनामा २ सय २९ जनाले सामान्य अवस्थामा बच्चा जन्माएका छन् । १० जना गर्भवतीको जटिल अवस्थामा प्रसुति गराइएको र ९७ जनाको शल्यक्रिया गरिएको थियो । असोज महिनामा २ सय ४५ जनाले सामान्य अवस्थामा बच्चा जन्माएका थिए भने १२ गर्भवतीको जटिल अवस्थामा प्रसुति गराइएको र १ सय ४ जनाको शल्यक्रिया गरिएको थियो ।
कात्तिक महिनामा २ सय जनाले सामान्य अवस्थामा बच्चा जन्माएका थिए भने ४ जना गर्भवतीको जटिल अवस्थामा प्रसुति गराइएको र ८४ जनाको शल्यक्रिया गरिएको थियो । मंसिर महिनामा २ सय २० जनाले सामान्य अवस्थामा बच्चा जन्माएका थिए भने १२ जना गर्भवतीको जटिल अवस्थामा प्रसुति गराइएको र ९४ जनाको शल्यक्रिया गरिएको थियो ।
यस्तै, पुस महिनामा १ सय ६४ जनाले सामान्य अवस्थामा बच्चा जन्माएका थिए भने १४ जना गर्भवतीको जटिल अवस्थामा प्रसुति गराइएको र ९३ जनाको शल्यक्रिया गरिएको थियो । माघमा १ सय ५९ जनाले सामान्य अवस्थामा बच्चा जन्माएका थिए भने ९ जना गर्भवतीको जटिल अवस्थामा प्रसुति गराइएको र ७९ जनाको शल्यक्रिया गरिएको थियो । फागुन महिनामा १ सय ५१ जनाले सामान्य अवस्थामा बच्चा जन्माएका थिए । १५ जना गर्भवतीको जटिल अवस्थामा प्रसुति गराइएको थियो भने ९४ जनाको शल्यक्रिया गरिएको थियो । यस्तै, चैत महिनामा १ सय ३२ जना महिलाले सामान्य अवस्थामा बच्चा जन्माएका थिए । ७ जना गर्भवतीको जटिल अवस्थामा प्रसुति गराइँदा ६५ जनाको शल्यक्रिया गरिएको थियो ।
सरकारले बालविवाह रोकथामका लागि पर्याप्त कानुन निर्माण गरे पनि बालविवाह अन्त्य हुन सकेको छैन । बालविवाह भइरहेकै कारण किशोरीहरु आमा बन्ने क्रमले व्यापकता पाइरहेको हो । २० वर्षअघि विवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि बालविवाहले निरन्तरता पाइरहँदा धेरै समस्या भइरहेको छ । अस्पतालले आकस्मिकरुपमा २४ घण्टा गर्ववतीहरुलाई सेवा दिँदै आएको छ ।