सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–७ मनहरी खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय शेखर थापा रहेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार दिउँसो १ बजेको समयमा थापा खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा लगिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।