हेटौँडाः मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–४, पन्जनीमा बाटोमा लडी घाईते भएका ४१ वर्षीय ईमान सिं थिङको मृत्यु भएको छ । थिङ मंगलबार साँझ ६ बजेको समयमा गाँउबाट घरतर्फ जाँदै गर्दा अचानक बाटोमा लडी घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते थिङलाई उपचारका लागि बुधबार भरतपुर अस्पताल लगिएकोमा उपारको क्रममा बिहीबार बिहान ११ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।