हेटौँडा–१८ स्थित कमला आधारभूत विद्यालयका शिक्षक, अभिभावक, जनप्रतिनिधि भर्ना अभियानअन्तर्गत घरदैलो गर्दै ।

हेटौँडाः नयाँ शैक्षिक सत्र २०८१ को भर्ना अभियान आज आइतबारबाट सुरु भएको छ । विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा भर्ना गराउने गरी भर्ना अभियान सुरु भएको छ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यसहित भर्ना अभियान सुरुवात गरिएको छ ।

यता मकवानपुरका सरकारी विद्यालयले चैत तेस्रो सातादेखि नै घरदैलो गरेर समुदायका बालबालिकालाई विद्यालयमा भर्ना गराउन प्रचारात्मक कार्य गर्दै आएको छ । मकवानपुरमा भने निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले बैशाख ४ गते मात्रै नतीजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । चैत दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्दा नतीजा सार्वजनिक गर्न ढिलाई भएको उल्लेख गर्नुहुँदै अध्यक्ष सुवेदीले भन्नुभयो, “बैशाख ४ गते नतीजा सार्वजनिक भए लगत्तै भर्ना अभियान सञ्चालन गर्नेछौं ।”

हेटौँडा–४ स्थित श्रमिक माविका शिक्षक, अभिभावक भर्ना अभियानअन्तर्गत घरदैलो गर्दै ।