कार्यक्रमका बीच खिचीएको तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौँडा उपमहानगर समितिको व्यवस्थापनमा शिक्षकहरुलाई शैक्षिक गुणस्तर अभिवृद्धि तालिम भएको छ । सोमबार संगठनका नगर अध्यक्ष गोपीरमण प्याकुरेलको सभाध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।

तालिममा जिल्लाभित्रका २ सय ५० जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा प्रा. डा. तत्व तिमल्सिना र बागमती प्रदेशको योजना आयोगका सदस्य विज्ञ रामशरण प्याकुरेलले प्रशिक्षण दिनुभएको छ । शिक्षकहरुले समय अनुसारको सिकाई गर्ने तरिका र नेतृत्व गर्ने क्षमताको विकास गर्न तालिमले सहयोग पुग्ने संगठनका जिल्ला अध्यक्ष प्याकुरेलले बताउनुभयो । कार्यक्रममा हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यता रहेको थियो ।