हेटौँडाः मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–९, खैराङस्थित कालिका माविका शिक्षक मनोज कुमार सहनीको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार साँझ मधेश प्रदेशको रौतहट जिल्लाको गरुडा नगरपालिकास्थित घरमै विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर सहनीको मृत्यु भएको हो । निमावि तहमा राहत कोटामा कार्यरत विज्ञान विषयका शिक्षक सहनी १३ वर्षदेखि कालिका माविमा कार्यरत हुनुहुन्थ्यो ।