हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ ले वडाबासीका लागि विपद् व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गराएकोे छ । आइतबार र सोमबार गरी दुई दिन यसबारे अभिमुखीकरण गराएको वडाध्यक्ष सुशील घिमिरेले बताउनुभयो ।
डढेलो, आगलागी र बाढी पहिरोले पार्ने असरबारे पूर्वपहिचान गर्न र न्यूनीकरण गर्न वडाभित्रका विभिन्न संघसंस्था र वडाबासीलाई अभिमुखीकरण गराएको उहाँले बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा विजय सिंह ठकुरीले सहजीकरण गर्नुभएको थियो ।