हेटौँडाः बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीकी रमा आले मगरले बिना विभागीय मन्त्री नियुक्त हुनुभएको छ । सोमबार साँझ मुख्यमन्त्री शालिकरा जम्कट्टेलले बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको मगरले मंगलबार बिहान पद तथा गोेपानीयताको सपथ ग्रहण गर्नुभएको छ ।
मंगलबार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष नेपालको संविधानको धारा १७२ को दफा १४ बमोजिम मन्त्री आलेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । मन्त्री आलेको मन्त्रालय ७ दिन भित्र टुङ्गो लाग्ने जनाइएको छ । मन्त्री आले एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सदस्य हुनुहुन्छ । उहाँ २०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १० को प्रदेश ‘ख’ बाट निर्वाचित हुनुभएको हो ।