हेटौँडाः मकवानपुरको बकैया गाउँपालिकामा भीरबाट लडेर एक बालिकाकोे मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया–६ की ८ वर्षीया पूर्णिमा भोम्जन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
शनिबार बिहान ११ बजे घरबाट निस्किएकी भोम्जनलाई आफन्तले खोजतलास गर्दा साँझ ५ बजे घरबाट २ सय मिटर पर बाघ भैरव सामुदायिक वनको सुधाभीरबाट २ सय मिटर तल लडेर मृत्यु भएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृतक भोम्जनको मानसिक सन्तुलन ठिक नभएको बुझिएको प्रहरीले जनाएको छ । भोम्जन मृत अवस्था छ भनी वडा नम्बर ६ का वडाध्यक्षले अस्थायी प्रहरी पोष्ट गरगरेमा साँझ ५ बजेर ३० मिनेटको समयमा खबर गरेपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । शवलाई मुचुल्कापश्चात पोष्टमार्टमका लागि शनिबार राति १० बजे हेटौँडा अस्पताल ल्याइएको थियो ।