रक्तदान गर्दै रक्तदाता । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुर पूर्वी इसाई समुदायको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार हेटौँडा–१८, हर्नामाडीमा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा २८ जना पुरुष र ७ जना महिलालाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाले जानकारी दिएको छ ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा भएको केन्द्रका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ । कार्यक्रममा समुदायका अध्यक्ष प्रकाश परियारको सभाध्यक्षमा तथा हेटौँडा–१८ का अध्यक्ष अनिल कुमार बानियाँको प्रमुख आतिथ्यमा रहेको थियो ।

यसअघि बिहिबार मकवानपुर संयुक्त इसाई समुदायको आयोजनामा पनि हेटौँडामा रक्तदान कार्यक्रम भएको थियो । हेटौँडा–१०, बुद्धचोकमा भएको कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए भने बुधबार हेटौँडा–१०, बुद्धचोकमै राउण्ड टेबलको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा १९ जनाले रक्तदान गरेका थिए । चैत २२ गते जनचेतना बचत तथा ऋण सहकारी संस्था रातोमाटेमा रक्तदान कार्यक्रम हुने रक्तसञ्चार केन्द्र हेटौँडाले जानकारी दिएको छ ।