मास्कको उचित प्रयोगलाई प्रवद्र्धन गर्न मास्क प्रतियोगिता घोषणा गर्नुहुँदै हेटौंडा अस्पतालका प्रमुख डा. प्रविन श्रेष्ठ ।

हेटौंडाः हेटौंडा अस्पतालका प्रमुख डा. प्रविन श्रेष्ठले मास्कको उचित प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले मास्क प्रतियोगिताको घोषणा गनुभएको छ । अस्पताल प्रमुख डा. श्रेष्ठले मास्कको उचित प्रयोग गरिएको फोटो खिचेर पठाउने मध्ये एकजनालाई नगद पाँच हजार रुपैयाँसहित पुरस्कृत गरिने बताउनुभएको छ ।

कोरोना भाइरस विरुद्ध भएको कामको बारेमा हेटौंडा उपमहानगरपालिकाले प्रस्तुतीकरण गरेको कार्यक्रममा उहाँले यस्तो घोषणा गर्नुभएको हो । मास्कको उचित प्रयोग गरिएको फोटो पठाउने एकजनालाई व्यक्तिगत रुपमा पाँच हजार रुपैयाँसहित पुस्कृत गरिने डा. श्रेष्ठले बताउनुभएको छ । मास्कको उचित प्रयोग गरिएको फोटो info@hetaudahospital.gov.np मा इमेल गर्न सकिनेछ । कोरोना भाइरसको संक्रमण रोक्न मास्कको उचित प्रयोग महत्वपूर्ण हुने भनिँदै आएकोमा भोलिका दिनमा थप प्रभावकारी ढंगबाट मास्कको प्रयोगलाई प्रवद्र्धन गर्न व्यक्तिगत रुपमै पुरस्कृत गर्ने गरी प्रतियोगिताको घोषणा गरिएको उहाँको भनाइ छ ।