हेटौंडा–४, अजरअमररोडमा निर्माणाधिन व्यावसायिक भवनमा काम गर्दै मजदुरहरु ।

हेटौंडाः कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न आव्हान गरिएको लकडाउन करिब ३ महिनापछि केही खुकुलो भएसँगै निजीस्तरका भौतिक संरचना निर्माणको कार्य क्रमशः सुचारु हुँदैछ ।

हेटौंडा उपमहानगरक्षेत्रका निजी आवास निर्माणको कार्यले विस्तारै गति लिँदैछ । हेटौंडाका आवासीय तथा व्यावसायिक भवनको निर्माणमा ठूलो संख्यामा भारतीय मजदुर प्रयोग हुँदै आएकाले लकडाउन कारण उनीहरु फर्कन पाएका छैनन् । जसले निर्माण क्षेत्रमा मजदुरको अभाव देखिएको छ ।