डा. डी.बी. मोक्तान, पिएचडी संस्थापक अध्यक्षः राष्ट्रिय स्वतन्त्र नागरिक मञ्च, नेपाल

केही गणतन्त्रवादीहरु बाहेक सम्पूर्ण नेपाली जनताको एकमात्र आवाज हो “राजा आउ, देश बचाउ, हामी साथमा छौं मुटु नकमाउ ।” तर राजा भने कता–कता त्रसित भएको, डराएको, कसैको चेतावनी, धम्की वा विशेष आग्रहको प्रभावमा परेर हो । आफैले गरेको वाचालाई पन्छाउँदै तोकिएको स्थान र समयमा उपस्थित नभएको गुनासो महाअभियन्ता दुर्गा प्रसाईको कार्यक्रममा उपस्थित जनसागरको रहेको छ ।

२०८० मंसीर १५ गते र फागुन १ गते दुर्गा प्रसाईद्वारा आयोजित काठमाडौं भेलामा राजा ज्ञानेन्द्रबाट धोका भएकै हो भन्ने निश्कर्ष पनि जनसागरले गरेको छ । जनता भने राजा आउ देश बचाउको नारा घाँटीको नसा नै फुट्नेगरी चिच्याउने, राजा भने मस्त निन्द्रामा परेको जस्तो अभिनय गर्ने । कार्यक्रम हुनुभन्दा केहीदिन अघिमात्र कार्यक्रममा उपस्थित हुने वाचाको मीठो सन्देश पठाएर जनतामा जोश, जाँगर, हौसला, उमंग र तरङ्ग जगाउने तर कार्यक्रममा उपस्थित नभइदिने । यस्तो गलत क्रियाले दुर्गा प्रसाईको अभियान तुहाउन सल्बलाएका विरोधी तत्वहरुलाई सघाउन खोजिएको त होइन ? भन्ने शंका उब्जिनु अस्वाभाविक होइन । यसबारे राजाको प्रतिक्रिया के छ भन्नेबारे जनताको गम्भीर चासो रहेको छ । यस किसिमको हर्कतले जनता निरासिएको र दुर्गा प्रसाईको अभियानलाई तुहाउन खोज्नेहरुलाई मलजल पु¥याएकै हो भन्ने हामी अभियन्ताहरुको निश्कर्ष रहेको छ । यो असहज परिस्थितिले महाअभियानको समस्त अभियन्ताहरुमा असह्य पीडा थपिएको छ । तर हामी यस पीडालाई पे्ररणामा परिणत गर्दे आगामी चैत्र १ गते सम्पन्न हुन गैरहेको चितवन महाभेलामा हाम्रो ऐक्यवद्धता प्रदर्शन गर्नेछौं र महाअभियानलाई नयाँ शक्ति प्रदान गर्नेछौं ।

राजासहितको वैदिक सनातन धर्मको पुनस्र्थापना तथा संरक्षण, संघीयतासहितको प्रदेशसभाको खारेजी, अनावश्यक सांसद संख्याको कटौती, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता तथा भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर भनेर राजनीतिक प्रतिवद्धता जनाउँदै लोकप्रियताको शिखरमा पुगेको राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को छेपारे प्रवृत्ति देख्दा कसैले पनि देशभक्त तथा राजावादी पार्टी भन्दैन । जनतामा देशभक्ती र राजावादीको भ्रम फैलाएर एमाले अध्यक्ष ओलीको दौराको फेर समात्दै महागठबन्धनको सरकारमा उपप्रधानमन्त्रीेको ओहदामा गएर आफ्नो सक्कली अनुहार त देखाएकै हो । संघीयतासहित प्रदेशसभाको खारेजी र राजासहितको वैदिक सनातन धर्मको पुनस्र्थापना गर्नुपर्ने माग राख्ने राप्रपाले कथित जनयुद्धको नाउमा १७ हजार नेपालीको हत्या गरेर ल्याएको संघीय राज्य व्यवस्थाको सरकारमा जान हतार किन गरेको ? नलीहाड फुक्दैमा चिहान व्युउँतिदैन भनेर राजसंस्था र राजावादीको घोर भत्र्सना गरेर राजावादीहरुको राजसंस्था प्रतिको आस्थामा धावा बोल्ने राष्ट्रघाती ओलीसँग किन संरक्षणको भिख माग्नु प¥यो ? जसले राजावादीहरु र राजसंस्थाको धज्जी उडायो, उसैको संरक्षणमा चुनाव लड्ने र उसैको सिफारिसमा सरकारमा जान्छ भने त्यस्ता छेपारे प्रवृत्तिलाई कसरी हामीले मित्र मान्ने ?

भ्रष्टाचारको नामै सुन्न नचाहने, भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो भन्नेको महामन्त्री नै सिक्टा सिंचाई आयोजनामा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी ८ अर्ब रुपैयाँ घोटाला गरेको काण्डमा मुछिएको छ र सोही काण्डको न्यायिक छलफल होस् भनी अख्तियारले सर्वोच्च अदालतमा रीट निवेदन दिएको छ र सोको किनारा अझै लागेको छैन । भ्रष्टाचारको सुपरिचित नाइके उहाँ हुनुहुन्छ चितवन निर्वाचन क्षेत्र नं. ३ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद विक्रम पाण्डे । यहि फागुन २७ गते बसेको राप्रपाको कार्य सम्पादन समितिको बैठकमा पूर्व एआइजी तथा राप्रपा केन्द्रीय सदस्य तथा कार्य सम्पादन समितिका पदाधिकारी ठाकुर मोहन श्रेष्ठले सम्पति शुद्धिकरणको प्रसङ्गमा भ्रष्टाचारको मतियार हामीभित्रै रहेको र हामीबाटै सम्पत्ति शुद्धिकरण तथा अनुशासनको कार्वाही थालिनु पर्दछ भन्ने बितिकै चोरको खुट्टा काट भन्नासाथ खुट्टा खुम्च्याएको उखान चरितार्थ भएको छ । तुरुन्तै विक्रम पाण्डेले प्रतिवाद गर्दै आफ्नो गुण्डाहरु बोलाएर सहमहामन्त्री प्रेम बलायरको नेतृत्वमा पार्टी कार्यालय भित्रै ठाकुरमोहन माथि हातपात गरेको थियो । गुण्डा प्रवृत्तिका यस्ताहरुलाई दुर्गा प्रसाईले सहयोद्धाको संज्ञा दिनु भनेको आफ्नै घाँटीमा पासो हाल्नु हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानले वैदिक सनातन धर्म तथा राजसंस्था पुनस्र्थापना लगायत संघीयता र प्रदेश सभा खारेजीको मुल एजेण्डा एउटै भएपछि किन अलग–अलग रुपमा विद्रोह गर्ने ? सँगै जानसके सांगठनिक, राजनीतिक, सैद्धान्तिक रुपमा हामी दुवै घटक बलियो हुनेहँुदा सँगै जाऔं भन्ने सवालमा सहमत भएकै हो । तर उनीहरुको छेपारे प्रवृत्तिले जुनसुकै बेला धोका दिनसक्छ भन्ने कुरा माघ ६ र फागुन १ गतेको घटनाले पुष्टि गरिसकेको हुँदा राप्रपालाई हामीले हाम्रो सहयोद्धा मान्नु ठुलो भूल हुनेछ । यसले हाम्रो अभियानलाई गम्भीर क्षति पु¥याउनेमा दुईमत हुन सक्दैन ।

अर्को कुरा, राजनीतिमा स्थायी मित्र र स्थायी दुश्मन कोही हुँदैन भन्ने उदाहरण दिँदै आफ्नो जघन्य कुकृत्यको अपराधबाट बच्न कहिले देउवाको खुट्टा ढोग्न पुग्ने, कहिले ओलीको खुट्टा ढोग्न पुग्ने गरेको देख्दा लाज पनि लजाएर यो नकचरे प्रधानमन्त्री प्रचण्डदेखि लाज मान्न थालिसक्यो । तर प्रचण्ड कहिल्यै सुध्रेन । नगरवधुले जुन पुरुषले मोटो रकम दिन्छ उसैलाई आफ्नो पति सम्झिन्छ र अस्तित्व सुम्पिन्छ । नगरवधुकोे न जात हुन्छ, न लाज, न धर्म हुन्छ, न संस्कार, न देशको माया हुन्छ, न जनताको चिन्ता । उसको चिन्ता भनेकै पैसा हुन्छ । किनकी उसको पेशागत स्वार्थ नै पैसामा अडिएको हुन्छ । अर्थात् जसरी हुन्छ बढी भन्दा बढी धन आर्जन गर्ने र भौतिक सुखानन्द लिने । यसैमा उसले संसारभरिको मान, सम्मान, इज्जत र महानता देखेको हुन्छ । हो, हाम्रो देशको प्रधानमन्त्री पुष्पकमल दाहाल उर्फ प्रचण्ड ज्यु ठ्याक्कै त्यहि प्रवृतिको हुनुहुन्छ भन्दा फरक नपर्ला । उहाँलाई न देशको माया छ, न जनताको चिन्ता छ । उहाँलाई यदि माया नै छ भने सत्ताको र चिन्ता नै छ भने उहाँकै भाइ आनन्द दाहाल, छोरी रेणु दाहाल, छोरी गंगा दाहाल, बुहारी र अन्य सालो, जेठान आदि इत्यादिको । अरु सबै भाँडमा…।

अहिलेसम्म प्रचण्ड प्रधानमन्त्री बनेको ३ पटक भैसक्यो । प्रचण्ड यति शक्तिशाली छ कि आफु प्रधानमन्त्री नबनेको बखतमा पनि सत्ता साझेदारीमा बलियो शक्तिको रुपमा रहन सफल भएको छ । यो देशमा गणतन्त्र नामको हुचीलले गँुड लगाएपछि अर्थतन्त्र, कृषितन्त्र, शिक्षा, स्वास्थ, उद्योग तथा कलकारखानाहरु सबै तहस–नहस बनायो । विदेशीको हातमा देशको वागडोर गएपछि उनीहरुको ईशारामा सत्ता फेरबदल, बजेट विनियोजन, आफ्नो र आफन्तको नियुक्ती, कमीशन तथा भ्रष्टाचारले पराकाष्ट नाघ्यो । लघुवित्त, सहकारी, बैंक तथा वित्तीय संस्था केही मुट्ठीभर साहु महाजनको पोल्टामा पर्न गयो । सीधासाधा जनताहरुलाई सस्तो व्याजको प्रलोभनमा पारेर आफुखुशी व्याज निर्धारण गरी उनीहरुको घरजग्गा हडपिन थाल्यो । गरिव किसान तथा ऋणीहरुले सरकारसँग न्यायको भिख माग्यो तर सरकारले सुनुवाई नै गरेन । फलतः गरिव किसान तथा ऋणीहरुले आफ्नै शरीरमा आगो लगाई आत्महत्या गर्ने, विष सेवन गर्ने, रुखमा झुन्डिने, खोलामा हाम फाल्ने जस्ता अति दारुण अवस्थाको सृजना भयो, तरपनि सरकारले वास्तै गरेन । किनकी उनीहरुकै संरक्षणमा यो काम भएको थियो । अन्ततः यो दारुण अवस्थालाई नियन्त्रण गर्न र सरकारको ध्यानाकर्षण गराउन दुर्गा प्रसाई बाध्य हुनु प¥यो । धन्य हो प्रभु ।

भ्रष्टाचार र कमिशनको खेलमा देशलाई उपनिवेश त बनाइसकेकै थियो तर देशै बेच्ने यि षडयन्त्रकारीहरुको विरुद्ध बोल्ने आँट नेपाल आमाको कुनै सन्तानले सकेको थिएन । अहिले करिव २१ खर्ब वैदेशिक ऋण नेपाललाई छ । नेपालीहरु जन्मिदै ७० हजारको ऋणले थिचिनेछ । आखिर यत्रो ऋण कसरी भयो र यो ऋण तिर्ने आधार के छ ? ऋण तिर्ने आधार केही छैन । त्यसैले देशै जिम्मा लगाउने यि राष्ट्रघातीहरुको दाउ हो । यि राष्ट्रघातीहरु दलालहरु को हुन भन्ने बारे गएको फागुन १ गते र फागुन १५ गते सार्वजनिक गरिसकिएको छ भने अरु बाँकी दलालहरुको पर्दाफास यहि चैत्र १ गते चितवनमा गरिँदै छ । अब हामीले राष्ट्रघाती दलालहरुको उद्योग, पसल, गोदाम, घर, सपिङ्ग मल, होटल तथा रेष्टुरेन्टहरुमा स्टीङ्ग अपरेशन गर्दै यिनीहरुको बैंक खाता बन्द, पासपोर्ट जफत आदि गर्नु पर्ने हुन्छ । यिनीहरु रहिरहेसम्म देश र जनताको विकास कहिल्यै हुँदैन । मान्छे तिनै हुन तर छेपारो झैं रंग, रुप बदलेर देश लुटन पल्केका नरपिचासहरुलाई नपन्छाएसम्म यो देशको जनताले कहिल्यै मुक्ति पाउने छैन । यस किसिमको ज्यादती रहिरहेमा हामी नेपालीले नेपाली हौं भन्ने गर्व त्याग्नुपर्ने र विदेशी दलालको गुलाम बन्नु सिवाय अरु विकल्प देखिँदैन । राष्ट्रघाती, विदेशी दलाल र भ्रष्टाचारीहरु जस्ता कसिङ्गरलाई नबढारेसम्म यो देशमा सुख, शान्ति तथा समृद्धिको कल्पना पनि गर्न सकिँदैन । त्यसैले राष्ट्रघाती, विदेशी दलाल र भ्रष्टाचारीहरुको निरन्तरताको क्रमभङ्ग गर्दै जेल कोच्ने र देशमा आमुल परिवर्तन ल्याउने काम हामीबाटै सुरु गरिनु पर्दछ ।

अब हामीले कुनैपनि उत्तरपन्थी, दक्षिणपन्थी, वामपन्थी, झ्वामपन्थी, उदारवादी वा सुधारवादी चिन्तनमा नलागी एकदमै विशुद्ध नेपाली माटो, नेपाली हावापानी, नेपालको राजनीति र शोषित, पीडित नेपाली जनताको दुख तथा पीर मार्कालाई मुटुभित्र राखेर कहीँ कतै, कसैको पक्षधर नबनी वा कुनै विदेशी शक्तिको बैसाखीको सहारा नलिई आफ्नै मौलिकता झल्किने आत्मनिर्भररुपी जनताको लोकतान्त्रिक सिद्धान्त प्रतिपादन गर्न आजको आवश्यक्ता महसुस भएको छ । जुन सिद्धान्तले साहु महाजनहरुको मामुली ऋण तिर्न नसकी आत्मदाह गर्न नपरोस्, रुखमा झुन्डिन नपरोस्, खोलामा हाम फाल्न नपरोस्, विषसेवन गर्न नपरोस्, भोको पेट र नाँगो आङ ढाक्नकै लागि विदेशिन नपरोस्, जीवन र मृत्युको दोसाँधमा अल्झिएको भूईंमान्छेहरुलाई जीवन प्रदान गर्न जनताको समावेशी लोकतान्त्रिक सिद्धान्त प्रतिपादन गर्न सकोस् । यस किसिमको राष्ट्रिय चिन्तनको आवश्यक्ता महसुस भएको हुँदा गरिब, दुखी, सर्वहारा तथा भूईंमान्छेहरुलाई सुहाउने जातीय विभेदरहित र सामाजिक सद्भावसहितको राज्यव्यवस्था स्थापना गर्ने जसभित्र अन्याय, अत्याचार, भ्रष्टाचार, कुशासन, विसँगती, घुसखोरी जस्ता सोंचले स्थान नपाओस् ।

सर्वधर्म समभावसहित वैदिक सनातनको मान्यतालाई सर्वोपरी मान्दै राष्ट्रिय सभा र प्रदेश सभा बिनाको लोकतान्त्रिक व्यवस्थाको स्थापना गर्नैपर्ने अपरिहार्यता देखिएको, राष्ट्रको राष्ट्रियता र सार्वभौम संप्रभुताको सुरक्षा कवजको रुपमा राजाको अपरिहार्यता महसुस भएको तथ्यलाई स्वीकार्दै देश, जनता र नेपाली नागरिकको भलाइको पक्षमा खबरदारीकासाथ एउटा निडर, निश्पक्ष र स्वतन्त्र अभियानको निरन्तरता अपरिहार्य भएको महशुस भएकोले दुर्गा प्रसाईद्वारा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार, संस्कृति तथा नागरिक बचाउ महाअभियान २०७९ फागुन १ गते झापाको मेचीपुलमा राजा ज्ञानेन्द्र वीरविव्रmम शाहदेवबाट द्वीप प्रज्जवलन गरी शुभारम्भ गरिएको गौरवमय इतिहासले दोश्रो वर्ष प्रवेश गरेको छ । हजारौं जनताको उपस्थितिमा शुभारम्भ गरिएको यस महाअभियानको एकमात्र उद्देश्य हो देशमा सुशासन कायम गर्न तथा जनतालाई सुख, शान्ति र सुरक्षाको अनुभूती दिलाउन ।