हेटौंडाः हेटौंडा काठमाडौं जोड्ने कान्तिराजपथ डेढ महिना बन्द हुने भएको छ । मकवानपुरको ठिङ्गन हुँदै काल्चे, भट्टेडाँडा, तीनपाने भन्ञ्याङ हुदै काठमाडौं पुग्ने कान्तिराजपथ सडक स्तरोन्नतिका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द रहने भएको सडक डिभिजन कार्यालय ललितपुरले जनाएको छ ।
एक सूचना जारी गर्दै सडक डिभिजनले सडक निर्माणको चरणमा रहेकाले दैनिक ७ घण्टा बन्द हुने जानकारी गराएको हो । राजमार्ग ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाएको छ । कान्तिराजपथ हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लम्बाइ रहेको छ । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको रहेको छ । सडक निर्माणको चरणमा रहेकाले सम्पूर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।