हेटौंडाः हेटौंडा अस्पतलबाट निस्कने सम्पूर्ण केमिकलजन्य तथा अन्य फोहोरलाई अब हेर्टौंडा अस्पतालले व्यवस्थापन गर्ने जनाएको छ ।

चालु आर्थिक वर्षमा फोहोर व्यवस्थापन गर्न हेटौंडा अस्पतालले ४७ लाखको लागतमा माइक्रोवेभ मेशिन जडान गरेको छ । हेटौंडा अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन गर्न माइक्रोवेभ जडान गरिएको अस्पतलाका प्रमुख डा.प्रविण श्रेष्ठले बताउनुभयो ।

अस्पतालबाट निस्कने फोहोरहहरुलाई निर्मलीकरण गर्ने अनावश्यक फोहोरहरुलाई टुक्रा–टुक्रा गर्नलाई से्रडर जडान गरिएको छ । यसअघि अस्पतालबाट निस्कने फोहोरहरु सुरक्षित रुपमा जलाएर नष्ट गर्ने गरिएकोमा चालु वर्षमा बागमती प्रदेश सरकारको ४७ लाखको लागतमा फोहोर व्यवस्थापन गर्न छुट्टै भवन बनाएर मेशिन जडान गरिएको छ । अब केहि दिनमा संचालनमा आउने बताइएको छ ।

अस्पतालले अस्पताल परिसरमै फोहोर व्यवस्थापन गर्न छुट्टै भवन बनाएर मेशिन जडान गरेको हो । यहि असार महिनाबाट अस्पतालबाट निस्कने फोहोरको व्यवस्थापन, अस्पतालले नै गर्ने हेटौंडा अस्पतालका प्रमुख डा.प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पतालजन्य फोहोरहरु धेरै हानिकारक हुने गर्दछ । यसकारण यसलाई सुरक्षीत व्यवस्थापन गर्नु अस्पतालको दायित्व हो । यसअघि स्वास्थ्यजन्य फोहोर हेटौंडा उपमहानगपालिकाले छुट्टै संकलन गरेर सुरक्षित रुपमा जलाएर नष्ट गर्ने गरेकोे थियो ।