हेटौंडाः हेटौंडा–९ का कोराना संक्रमितको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका पुरुषमा २१ दिन पहिले कोरोना को संक्रमण देखिएको थियो । कोरोनाको संक्रमण भएपछि ४ पटकसम्म पुनः परीक्षण गर्दा कोरोना पोजेटेभ पाइएको र पाँचौ पटकमा भने उनको रिपोर्ट नेगेटिभ आएको आइलोसनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।
अहिले उनमा कोरोनो देखिएको छैन भने कोरोनाको कुनै पनि लक्षण नदेखिएको इन्चार्ज चौलागाईले बताउनुभयो । त्यस्तै आज आइसोलेसनमा उनी १ जना मात्रै रहेको छन् । अब एकपटक पुनः परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आए उनलाई डिस्चार्ज गरिने आइसोलेसनका इन्चार्ज चौलागाईले बताउनुभयो । त्यस्तै आइसोलसनलाई सरसफाइ तथा सेनेटाइज गरिएको छ । अब अन्य बिरामीहरु आएर बस्न सक्ने भएका छन् ।