गुगल तस्विर ।

हेटौँडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१०, रानीदरबार अगाडि शनिबार साँझ स्कुटर दुर्घटनामा घाइते हेटौँडा–९, एचआईडीका प्रशान्त कुमार ठाकुरको मृत्यु भएको छ ।

कर्राबाट हेटौँडा बजारतर्फ जाँदै गरेको ना १ ह ३१२७ नम्बरको मयुरी रिक्सा मोड्न खोज्दा सोही दिशामा रहेको बागमती प्रदेश ०३–००५ प ६२०५ नम्बरको स्कुटर ई–रिक्साको पछाडी ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक १९ वर्षीय ठाकुर घाईते भएका थिए । ठाकुरको चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित पुरनो मेडिकल कलेजमा उपचारको क्रममा सामेबार दिउँसो २ बजेर ३६ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मयुरी पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ का ३२ वर्षीय सतेन्द्र बैठा धोबी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभएको छ ।