हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१६ स्थित हटियाका २२ वर्षीय अन्जन खड्का र बकैया–३ का २१ वर्षीय कुशल खड्का रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
शनिबार राति ११ बजेर ५० मिनेटको समयमा हेटौंडा–१६ स्थित हटियाबाट उनीहरुलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । शनिबार अस्थायी प्रहरी पोष्ट हटियाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डको खटिएको प्रहरी टोलीले अन्जनको साथबाट लागुऔषध ट्रामाडोल १० ट्याबलेट र कुशलको साथबाट लागुऔषध २० ग्राम र एनटी कप एक ट्याबलेट बरामद गरेको छ । पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ ।