मिनप्रसाद लामिछाने ।

हेटौँडाः हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछानेलाई यस वर्षको भैरव स्मृति सम्मान प्रदान गरिने भएको छ । मकवानपुर जिल्लाको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले वरिष्ठ हास्यव्यङ्ग्यकार भैरव अर्यालको सम्झनामा हरेक वर्ष एकजना हास्यव्यङ्ग्य साहित्यमा कलम चलाउने साहित्यकारलाई सम्मान गर्ने गरिएको छ ।

सम्मानका लागि आवश्यक रकमका लागि भैरव अर्यालका सुपुत्र दीपक अर्याल अक्षयकोष स्थापना गरिदिनुभएको छ । २१ हजार एक सय ११ रुपैयाँ राशीको ‘भैरव स्मृति सम्मान–२०८०’ बाट मकवानपुरका हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछानेलाई फागुन महिनामा सम्मान गरिने साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले जानकारी दिनुभएको छ । शिक्षण पेशामा आवद्ध लामिछानेले हास्यव्यङ्ग्य कृति पनि प्रकाशन गर्नुभएको छ ।