हेटौँडाः मकवानपुर जिल्ला फुटबल संघले घोषणा गरेको पत्रकारिता पुरस्कार दिन सकेन । शनिबार सम्पन्न छैठौं स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको समापनको अवसरमा मकवानपुर जिल्ला फुटबल संघले ५० हजार राशीको पुरस्कार एकजना खेलकुद पत्रकारलाई दिने घोषणा गरिएको थियो ।
पुरस्कारका लागि मन्त्री, सांसद, नेताको फोन आएर दबाब बढेपछि दिन नसकिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताउनुभएको छ । शनिबार सम्पन्न प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । उपाधिसँगै एपीएफले नगद १५ लाख रुपैयाँ पाएको छ । उपविजेता बनेको न्यू रोड टिम (एनआरटी) ले १० लाख रुपैयाँ पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एपीएफका अनिष महर्जनले ३५० सीसीको बुलेट बाइक पाएको छ ।