हेटौँडाः हेटौँडामा शनिबार सम्पन्न छैठौँ स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका अनिष महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । अनिषले बुलेट बाइक पाएका छन् । ३५० सीसीको बुलेट बाइक परशुराम स्मृति प्रतिष्ठानले प्रायोजन गरेको हो । प्रतियोगिताको उपाधि एपीएफले नै जितेको हो ।
एपीएफले न्यू रोड टिम (एनआरटी) लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै एपीएफले नगद १५ लाख रुपैयाँ पाएको छ । उपविजेता एनआरटीले १० लाख रुपैयाँ पाएको छ । हेटौँडा–६ स्थित गौरिटार रंगशालामा भएको फाइनल खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।