गुगल तस्विर ।

हेटौँडाः धादिङ र सिन्धुपाल्चोकमा २ जनाको मृत्यु भएको छ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–४, अमलडाँडामा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा निलकण्ठ नगरपालिका–११ बस्ने ७७ वर्षीया भीम कुमारी सुनार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । वृद्धको शुक्रबार बेलुका ७ बजेर ५० मिनेटको समयमा भिरबाट लडेर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–४, ग्याल्थुङभोटेपाखामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया शारदा लामिछाने रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार लामिछाने बारीमा घाँस काटने क्रममा हाईटेन्सन लाईनसँगै रहेको ईन्टरनेटको तारमा छुँदा करेन्ट लागी घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।