मकवानपुर जिल्ला साइक्लिङ संघको नवनिर्वाचित समिति ।

हेटौँडाः मकवानपुर जिल्ला साइक्लिङ संघको अध्यक्षमा संगीत श्रेष्ठ चयन हुनु भएको छ । संघको शनिबार भएको दोस्रो साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

संघको उपाध्यक्षमा राजिव खड्गी, सचिवमा राजु पौडेल र कोषाध्यक्षमा रुपक राज मानन्धर चयन हुनु भएको छ । यस्तै सदस्यमा नन्द कुमार मानन्धर, विकास ताम्राकार र राजु कुमार मिश्र चयन हुनु भएको छ । जीवन तिमल्सिना संयोजकत्वको निर्वाचन समितिले नयाँ समिति चयनका लागि सहजीकरण गरेको थियो । नवनिर्वाचित समितिको कार्यकाल ४ वर्ष हुनेछ । संघमा ४६ जना सदस्य छन् । संघका अध्यक्ष संगीत श्रेष्ठको अध्यक्षता तथा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो ।