विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरीदैको तस्वीर ।

हेटौंडाः हेटौंडा–१८, हर्नामाडीमा रहेको गोरक्षनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । शुक्रबार हेटौंडा–१७ घर भै हाल युके बस्ने विकास रुपाखेतीले ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक मीना श्रेष्ठले जानकारी दिनुभयो ।

रुपाखेतीको हजुरआमा र काकाले विद्यालयकमा १ देखि ८ कक्षासम्म अध्ययन गर्ने ३० जना विद्यार्थीलाई एक हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई कपी, कलम, सिसाकलम, ज्यामिती बक्स, क्याल्कुलेटर र कलर हस्तान्तरण गर्नुभएको थियो ।

सामग्री हस्तान्तरण कार्यक्रम रुपाखेतीका हजुरआमा भागिरथी रुपाखेतीको प्रमुख आतिथ्य तथा विद्यालयकी प्रधानाध्यापक श्रेष्ठको अध्यक्षतामा भएको थियो । रुपाखेतीले आगामी दिनमा निरन्तर सहयोगको प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको श्रेष्ठले जानकारी दिनुभयो ।