Home खेलकुद सिद्धार्थ शिशु सदनमा खेलकुद कार्यक्रम

सिद्धार्थ शिशु सदनमा खेलकुद कार्यक्रम

खेलकुद कार्यक्रम अन्र्तगत बेलुन फुटाई खेल खेल्दै विद्यार्थीहरु

हेटौंडाः हेटौंडा–५, सानोपोखरास्थित सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयमा खेलकुद कार्यक्रम सुरु भएको छ । शुक्रबार विद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीले खेलकुद कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

शनिबारसम्म चल्ने खेलकुद कार्यक्रममा ब्याडमिन्टन, भलिबल, फुटबल, एल्थ्लेटिक्स, म्युजिकल चियर, स्याक रेस, चम्चा रेस, रिले, हाइजम, लङ्जम्पलगायत खेलहरु सञ्चालन हुने विद्यालयका प्रिन्सिपल पराजुलीले बताउनुभयो । सबै कक्षा र तहका विद्यार्थीको सहभागिता रहने गरी कार्यकममा मनोरञ्जनात्मक, बौद्धिक एवम् शारीरिक विकासमा सहयोग पुग्ने किसिमका खेल समावेश गरिएको छ । खेलकुदमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई मेडल तथा प्रमाण–पत्र प्रदान गरिनेछ ।

विद्यालयले शिक्षासँगै खेलकुदलाई पनि अगाडि बढाउने उद्देश्यले वार्षिक क्यालेण्डरअनुसार खेलकुद कार्यक्रम आयोजना गरिएको हो । विद्यालयले हरेक वर्ष खेलकुद कार्यक्रमलाई शैक्षिक क्यालेण्डरमा नै समावेश गरेर सञ्चालन गर्दै आइरहेको छ । प्ले ग्रुपदेखि १० कक्षासम्म अध्यापन हुने विद्यालयमा ९ सय ५० जना विद्यार्थी कार्यक्रममा सहभागी हुनेछन् ।