हेटौंडाः बागमती प्रदेश सभामा आज सांसदहरुले विशेष समयमा बोल्ने भएका छन् । प्रदेशसभाको अहिले २ बजे बस्ने बैठकको पहिलो सत्रमा प्रदेशसभाका सांसदहरुले विशेष समयमा बँोल्ने र दोस्रो सेसनमा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन, वन तथा वातावरण समितिका सभापतिले समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुचि छ ।
त्यस्तै आज अर्थमन्त्री कैलाश प्रसाद ढुङ्गेल ले प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश स्वीकृत गर्ने प्रस्ताव गर्नुहुनेछ । यसैगरी कानुन मन्त्री शालिकराम जम्कटेलले प्रदेश प्रहरी सेवा सम्बन्ध व्यवस्था गर्न बनेको विधयेक प्रदेश मामिला समितिमा पठाइयोस भन्ने प्रस्ताव गर्ने कार्यसुचि तय भएको छ भने सांसद रमेश पौडेलले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश गर्नुहुने तय भएको छ ।