Home मुख्य समाचार बागमती प्रदेश सभाको बैठकमा आज यि विषयहरुले प्रवेश पाउने

बागमती प्रदेश सभाको बैठकमा आज यि विषयहरुले प्रवेश पाउने


हेटौंडाः बागमती प्रदेश सभामा आज सांसदहरुले विशेष समयमा बोल्ने भएका छन् । प्रदेशसभाको अहिले २ बजे बस्ने बैठकको पहिलो सत्रमा प्रदेशसभाका सांसदहरुले विशेष समयमा बँोल्ने र दोस्रो सेसनमा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन, वन तथा वातावरण समितिका सभापतिले समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसुचि छ ।


त्यस्तै आज अर्थमन्त्री कैलाश प्रसाद ढुङ्गेल ले प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश स्वीकृत गर्ने प्रस्ताव गर्नुहुनेछ । यसैगरी कानुन मन्त्री शालिकराम जम्कटेलले प्रदेश प्रहरी सेवा सम्बन्ध व्यवस्था गर्न बनेको विधयेक प्रदेश मामिला समितिमा पठाइयोस भन्ने प्रस्ताव गर्ने कार्यसुचि तय भएको छ भने सांसद रमेश पौडेलले वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश गर्नुहुने तय भएको छ ।

Exit mobile version