हेटौंडाः राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि सत्ता गठबन्धन दलबाट ४ जना, नेकपा एमालेका ४ जना, नेपाल मजदुर किसान पार्टीबाट ४ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ जना गरी बागमती प्रदेशमा १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
सोमबार राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यालय हेटौंडामा उपस्थित भएर मनोनयन दर्ता गरिएको हो । बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका, दलित समूहका लागि ३ राजनीतिक दलका, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका लागि ४ राजनीतिक दलका र अन्य समूहका लागि ४ राजनीतिक दलका गरी जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । राप्रपाका एक उम्मेदवारको उमेर नपुगेपछि उनको उम्मेदवारी कायम नभएको हो ।
मनोनयन दर्ता गराउनेमा गठबन्धनबाट नेपाली काँग्रेसका जितजंग बस्नेत (ललितपुर) र विष्णुदेवी पुडासैनी (काठमाडौं) रहनु भएको छ । मनोनयन दर्ता गराएका बस्नेतको प्रस्तावकमा कुन्दनराज काफ्ले रहनुभएको छ भने बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान समर्थकमा रहनुभएको छ । मनोनयन दर्ता गराएका पुडासैनीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल रहनुभएको छ भने समर्थकमा राजु विष्ट रहनुभएको छ ।
यस्तै, माओवादीबाट नुवाकोटका श्रीकृष्ण अधिकारीले उम्मेदवारी दर्ता गर्नु भएको छ । मनोनयन दर्ता गराएका अधिकारीको प्रस्तावकमा बहादुरसिं लामा रहनुभएको छ भने समर्थकमा रत्नप्रसाद ढकाल रहनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट दोलखाका घनश्याम रिजाल रहनुभएको छ । मनोनयन दर्ता गराएका रिजालको प्रस्तावकमा कृष्णप्रसाद शर्मा खनाल रहनुभएको छ भने समर्थकमा मीनाकुमारी लामा रहनुभएको छ ।
एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेल रहनुभएको छ । मनोनयन दर्ता गराएका चौलागाईको प्रस्तावकमा हिदम लामा र समर्थकमा उर्मिला सुुनुवार रहनुभएको छ । मनोनयन दर्ता गराएका देवकोटाको प्रस्तावकमा एका लाल श्रेष्ठ र समर्थकमा उमाकुमारी लामा रहनुभएको छ । मनोनयन दर्ता गराएका विश्वकर्माको प्रस्तावकमा हिदम लामा र समर्थकमा उर्मिला सुनुवार रहनुभएको छ । मनोनयन दर्ता गराएका पौडेलको प्रस्तावकमा एका लाल श्रेष्ठ र समर्थकमा उमाकुमारी लामा रहनुभएको छ ।
नेपाल मजदुर किसान पार्टीबाट भक्तपुरका हिमालयश्वरलाल मुल, काठमाडौंका श्रीकृष्ण महर्जन, भक्तपुरका संगीता नेपाली र भक्तपुरका कृष्णलक्ष्मी दुवाल रहनुभएको छ । मनोनयन दर्ता गराएका हिमालयश्वरको प्रस्तावकमा सुरेन्द्रराज गोसाई र समर्थकमा सृजना सयजु रहनुभएको छ । मनोनयन दर्ता गराएका महर्जनका प्रस्तावकमा गीता काप्mले र समर्थकमा सुनिल प्रजापति रहनुभएको छ । मनोनयन दर्ता गराएका नेपालीको प्रस्तावकमा सुनिल प्रजापति र समर्थकमा गीता काप्mले रहनुभएको छ भने मनोनयन दर्ता गराएका दुवालका प्रस्तावकमा सृजना सयजु र समर्थकमा रजनी जोशी रहनुभएको छ ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवनका भरतमणि भट्ट, लमजुङका हेमजङ्ग गुरुङ, बालकुमारी डल्लाकोटी रहनुभएको छ । मनोनयन दर्ता गराएका भट्टको प्रस्तावकमा धनेश्वरी प्रजापति र समर्थकमा लक्ष्मी घिमिरे रहनुभएको छ । मनोनयन दर्ता गराएका गुरुङको प्रस्तावकमा उद्धव थापा र समर्थकमा डम्बर तामाङ रहनुभएको छ भने मनोनयन दर्ता गराएका डल्लाकोटीको प्रस्तावकमा आशा लामा र समर्थकमा राजु विष्ट रहनुभएको छ ।
आज पुस २४ गते मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिने समयावधी तोकिएको छ । पुस २५ गते बुधबार र पुस २६ गते बिहीबार आयोगले उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्नेछ । पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ । बागमती प्रदेशमा प्रदेशसभा सदस्य १ सय १० जना र २ सय ३७ स्थानीय तहका प्रतिनिधि गरी ३ सय ४७ जनाले मतदान गर्नेछन् । हेटौंडा–४ स्थित भूूटनदेवी माविमा बागमती प्रदेशको मतदानस्थल तोकिएको छ । निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको छ ।