सजिना स्याङ्तान ।

हेटौंडाः हेटौंडा फुटबल एकेडेमीकी खेलाडी सजिना स्याङ्तान यु–१९ को राष्ट्रिय टोलीमा सहभागी हुनका लागि ३५ जना महिला खेलाडीको सूचीमा पर्न सफल भएकी छिन् । नेपाल भरिबाट सहभागिता जनाउनका आएका ७५ जना महिला खेलाडीहरुमध्ये हेटौंडा फुटबल एकेडेमीकी स्याङ्तान ३५ जनामा पर्न सफल भएको एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिनुभएको हो ।

स्याङ्तान विगत २ वर्ष ६ महिनादेखि फुटबल एकेडेमीमा आवद्ध छिन् । मकवानपुर जिल्लाको प्रतिनिधित्व गर्दै छनोट प्रतियोगितामा ३ दिन १–१ गोल गर्दै ३५ जनामा सहभागी हुन सफल भएकी हुन् । स्याङ्तानले प्रदेशस्तरीय, कलैया गोल्डकप, बारा जिल्ला कपलगायतका खेलहरुमा सहभागी भएकी छिन् । छनोट भएका ३५ खेलाडीलाई १५ दिनसम्म बन्द प्रशिक्षणमा सहभागी गराइनेछ । बन्द प्रशिक्षणमा सहभागीमध्येबाट १५ दिनपछि उत्कृष्ट २३ जना छनोट गरिने बताइएको छ ।

मकवानपुर जिल्लामा महिला खेलाडीहरुलाई प्राथमिकता नदिएकाले मकवानपुरबाट सहभागी कम भएको बताउनुहुँदै आफ्नो एकेडेमीको खेलाडी छनोट भएकोमा लामाले खुशी व्यक्त गर्नुुभएको छ ।