हेटौँडाः नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको केन्द्रीय समितिमा मकवानपुरका व्यवसायी गोकुल श्रेष्ठ र कृष्ण न्यौपाने निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न महासंघको नवौं वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनबाट मकवानपुरका श्रेष्ठ प्रथम उपाध्यक्षमा र न्यौपाने केन्द्रीय समिति सदस्य निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट कास्कीका युवराज पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । यसअघि मकवानपुरका श्रेष्ठ तृतीय उपाध्यक्ष हुनुहुन्थ्यो भने न्यौपाने केन्द्रीय सदस्य मनोनित हुनुभएको थियो । नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ । फर्निचर तथा फर्निसिङ व्यवसायीको संस्था मकवानपुरसहित २६ जिल्लामा बिस्तार भएको छ ।