नगरकमिटी चयनपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौंडाः नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगर समितिको अध्यक्षमा मदन उप्रेती चयन हुनुभएको छ । शनिबार हेटौंडामा सम्पन्न दोस्रो नगर सम्मेलनबाट उप्रेती अध्यक्षमा सर्वसम्मत चयन हनुभएको हो ।

उप्रेतीको अध्यक्षतामा ३९ सदस्यीय नगर कमिटी चयन भएको छ । नगर कमिटीको उपाध्यक्षमा निलाम्बर सापकोटा र विकास अधिकारी चयन हुनुभएको छ । यस्तै सचिवमा रोयल बानियाँ, सह–सचिवमा विवश लामा, सुमन गौतम र कोषाध्यक्षमा हीरा पुलामी चयन हुनुभएको छ ।

वाईसीएल नगर सचिव सुरज घलानको सभाध्यक्ष तथा केन्द्रीय महासचिव गणेश शाहीको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष एवम् बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, पार्टी जिल्ला समन्वय प्रमुख सर्केश घलान र वाईसीएल मकवानपुर संयोजक लवराज ठकुरीलगायतको आतिथ्य रहेको थियो ।