हेटौँडाः नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा १० नम्बर वडा प्रथम भएको छ । नगर बाल समूह सञ्जालको आयोजनामा शनिबार हेटौँडामा भएको प्रतियोगितामा १७ नम्बर वडा द्वितीय, ४ नम्बर वडा तृतीय र ११ नम्बर वडा चौथो भएको छ ।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले हाजिरीजवाफ प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिता अवधिभर बालबालिकासँगै रहेर नगरप्रमुख लामाले बालबालिकाको हौसला बढाउनुभएको थियो । प्रतियोगितामा १९ वटै वडाबाट सहभागिता रहेको थियो ।
बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा रहेको हेटौँडा उपमहानगरपालिकाले बालमैत्री क्रियाकलापको रुपमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विजयी हुने बालबालिकालाई पुरस्कारस्वरुप पुस्तक, पेन र डायरी वितरण गरिएको छ ।