हेटौँडाः मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा पुस्कल नेपाल चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको भेलाले नेपालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
निवर्तमान अध्यक्ष विज्ञान रिमालको अध्यक्षता तथा संघका पूर्वअध्यक्ष एवम् केन्द्रीय समिति सहकोषाध्यक्ष किरणबाबु न्यौपानेको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघका संस्थापक अध्यक्ष प्रेमलाल श्रेष्ठ, पूर्वअध्यक्षहरु नवीन पौडेल र अजित थापाको पनि आतिथ्य रहेको थियो ।
साधारणसभाबाट समितिको प्रथम उपाध्यक्ष केशवप्रसाद मुडभरी, द्वितीय उपाध्यक्ष भोजराज पराजुली, सचिव अमीर चौलागाईं, कोषाध्यक्षमा अमृत मगर, सचिब अर्चना कार्की, सदस्यमा रोशन खनाल, मिलन अधिकारी र केशव हुमागाईलाई चयन हुनुभएको छ ।