हेटौँडाः हेटौँडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रममा आश्रित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीया पुजा मानव र २५ वर्षीय अमित बिक रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मानवसेवा आश्रमले पुजालाई २०७६ साल मङ्सिर १ गते बाग्लुङ जिल्लाबाट उद्दार गरेर ल्याएको थियो भने बिकलाई मकवानपुर जिल्लाको बकैया गाउँपालिका–३, हात्तिसुँडेबाट गत असार २७ गते उद्दार गरिएको आश्रमले जानकारी दिएको प्रहरीले जनाएको छ । पुजाको मंगलबार बिहान १० बजेर ४५ मिनेटको समयमा मृत्यु भएको थियो भने विकको बिहीबार बिहान ६ बजेर ३० मिनेटको समयमा मृत्यु भएको थियो ।