हेटौंडाः काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–५ मा नवजात शिशुको शव फेला परेको छ । सोमबार साँझ ६ बजेको समयमा नगरपालिका–५, स्थित नयाँ तरकारी बजार पछाडि रहेको चौउरमा अन्दाजी ३ दिनको जस्तो देखिने नवजात बालकको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
नवजात शिशुको शव रातो कपडाले बेरिएको अवस्थामा फेला परेको थियो । मुचुल्का पश्चात शिशुको शव पोटमार्टमका लागि धुलिखेल अस्पताल लगिएको र आवश्यक अनुसन्धान भइरहेको छ ।