हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–४, यज्ञपुरीचोकमा बोलेरो र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१२ का ३० वर्षीय रामकृष्ण थापा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
सोमबार पिपलचोकबाट रामपुर जाँदै गरेको बा प्र ०६–००२ प २०७३ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको बा १९ च ३४६४ नम्बरको बोलेरो ठोकिँदा मोटरसाइकल चालक थापा र मोटरसाइकलको पछाडी सवार तँनहु जिल्ला सतिश्वारा गाउँपालिका–४ का ३५ वर्षीय राजेन्द्र बहादुर अधिकारी गम्भीर घाईते भएका थिए । घाइते दुवैलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मोटरसाइकल चालक थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।