बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा । फाइल तस्वीर ।

हेटौँडाः बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा बुधबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । प्रमुख शर्मालाई स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार काठमाडौंको चावहिलस्थित हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना हुनु भएको थियो ।

प्रदेश प्रमुखको कार्यालय, बागमतीले प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख शर्मा स्वास्थ्य लाभ गरी घर फर्कनुभएको जानकारी दिएको छ । कार्यालयका प्रवक्ता उपसचिव गोविन्दप्रसाद पौडेलले प्रेस विज्ञप्ती जारी गर्नुहुँदै प्रदेश प्रमुख शर्मा स्वास्थ्यलाभ गर्नु भई डिस्चार्ज हुनुभएको जानकारी दिनुभएको छ ।