हेटौंडाः हेटौंडामा २ दिने छात्रा आत्मरक्षा तालिम सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा तथा परिवर्तनका लागि युवा संस्था मकवानपुरको समन्वयमा आइतबार र सोमबार २ दिने छात्रा आत्मरक्षा तालिम कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले गर्नुभएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामुदायीक र संस्थागत विद्यालयका एक सय जना छात्राको उपस्थिति रहेको थियो । तालिममा कराँतेका विष्णुभक्त लामा, जिल्ला प्रहरी कार्यालयका प्रहरी संगीता लामा, अधिवक्ता इश्वर राज ढकाललागायतले विभिन्न विधामा परामर्श दिनुभएको थियो । छात्राको आत्मरक्षा र प्रोत्साहनस्वरुप तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष दिपेश कार्कीले जानकारी दिनुभयो । आगामी दिनमा संस्थाले युवा, बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने कार्कीले बताउनुभयो ।