सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडा–३ बाट लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–१३, पदमपोखरीका २१ वर्षीय विवेक सुनार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी टोलीले आइतबार बिहान ११ बजेर ३० मिनेटको समयमा पैदल हिँड्दै गरेका सुनारलाई सुरक्षाजाँच गर्दा लागुऔषध गाँजा फेला पारेका थिए । प्रहरीले सुनारको साथबाट २ किलो ७ सय ग्राम लागुऔषध गाँजा बरामद गरेको थियो । लागुऔषध गाँजासहित सुनारलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।