बुढ्यौली साहित्य समाज गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः सिराहामा बुढ्यौली साहित्य समिति गठन भएको छ । शनिबार ७५ वर्षीय गणेशकुमार अधिकारीको संयोजकत्वमा समिति गठन गरिएकोहो । समितिको उपाध्यक्षमा जिवछ उदासी, सचिवमा प्रचण्ड कटुवाल, कोषाध्यक्षमा सुशीला राई चयन हुनुभएको छ । सदस्यमा तुलसा काफ्ले दाहाल, यमुना पन्जियार तथा भैरव गेलाल रहनुभएको छ ।

कार्यक्रममा नन्दलाल आचार्य, लम्बोदर काफ्ले, प्रेम घिमिरे, रामचन्द्र पौडेल, नारद काफ्ले, गणेश तिमल्सिना, रोहित न्यौपाने, समीर कर्ण, गजल आचार्यले आफ्ना कविता, मुक्तक तथा गजल वाचन गर्नुभएको थियो । रामरिझन यादव तथा विशिष्ट अतिथि रमेशमोहन अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको प्रमुख आतिथ्य कर्जन्हा नगरपालिका प्रमुख भोला पोखरेलले गर्नुभएको थियो । पीभीएम आवासीय मावि कर्जन्हा–२, बन्दीपुरमा भएको कार्यक्रमको सभाध्यक्षता गणेशकुमार अधिकारीले गर्नुभएको थियो ।