साधारणसभाको उद्घाटन सत्रमा सहभागी अतिथिहरु ।

हेटौंडाः हेटौंडा–८, कमानेस्थित किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मोतिलाल लामाको सभाध्याक्षता तथा बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

आर्थिक वर्ष २०७९/८० को आषाढ मसान्तसम्म १ हजार ३ सय ३० जना शेयर सदस्य रहेको सहकारीको ११ लाख रुपैयाँ शेयर पुँँजी रहेको छ । बचततर्फ ४ करोड रुपैयाँ रहेको सहकारीले तेल बिक्री गरेर ५० लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष लामाले बताउनुभयो ।

साधारणसभाको अवसरमा संस्थाले ज्येष्ठ शेयर सदस्यतर्फ राग बहादुर गुरुङ्ग र नारायण मान सिं डंगोल, मासिक बचतकर्तामा इन्द्र सिं थिङ, बाल बचतकर्तामा बिहान कार्की र रिदम स्याङ्तानलाई सम्मान गरिएको छ । यस्तै खेलाडीको रुपमा सौगात डिम्डुङ्गलाई सम्मान गरिएको छ । साधारणसभामा हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापा, हेटौंडा उपमहानगरपालिकाको सहकारी विकास शाखाका प्रमुख हिम प्रसाद पौडेलको पनि आतिथ्य रहेको थियो ।